logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका काम टुलुटुल हेरेर बस्न सकिँदैन : मन्त्री श्रेष्ठ

    राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका काम टुलुटुल हेरेर बस्न सकिँदैन : मन्त्री श्रेष्ठ

    1.2K
    Shares
    राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका काम टुलुटुल हेरेर बस्न सकिँदैन : मन्त्री श्रेष्ठ

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

    उनले निर्माण व्यवसायीहरूले सम्झौता अनुरूपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने बताए । मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरुसँग ठेक्का रद्द गर्नसक्ने तर्फपनि सचेत गराए । उनले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफू जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीहरूले पनि जिम्मा लिएको काम सम्झौता अनुरुप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए ।

    उनले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्यूनीकरण गर्नु सरकारको कार्यभार रहेको बताए । उनले निर्माण व्यवसायीहरुलाई आफ्नो निवासमा नभेट्ने भन्दै कसैको उपेक्षा नगरेको बताए । उनले व्यवसायीहरुसँग मन्त्रालयमा सामूहिक रुपमा मात्रै भेट्ने गरेको स्पष्ट पारे ।

    मन्त्री र निर्माण व्यवसायीहरु मिलेर काम गर्नुपर्ने तर मिलेमतो गर्नु नहुने उनले बताए । मन्त्री श्रेष्ठले आफूले कुनैपनि निर्माण व्यवसायी तथा पुँजीपतिहरुसँग आजसम्म दैनिक जीवन चलाउन र चुनावी खर्च समेत नलिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend