काठमाडाैँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको दिएको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५ ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ६३ रन जोड्न सफल भएको छ । नेपालका क्रिकेटर कुशल भुर्तेल आउट भएका हुन् । उनले नेपालको लागि ३३ रनको साझेदारीको योगदान दिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । सन्दीप लामिछाने एक्लेले पाँच विकेट लिएपछि पपुवा न्युगिनीको पारी ९५ रन समेटिएको थियो । अहिले नेपाल व्याटिङ गरिरहेको छ ।