बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

आईसीसी विश्वकप लिग–२ : पीएनजीविरुद्ध नेपालको शानदार जित

आईसीसी विश्वकप लिग–२ : पीएनजीविरुद्ध नेपालको शानदार जित

 

काठमाडौंँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले शानदार जित हात पारेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमा लक्ष्य भेट्टायो ।

नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे । उनले २१ बल खेल्दै ८ चौका र ३ छक्काको मद्दतमा अविजित ५३ रन बनाए ।

कुशल भुर्तेलले १४ बल खेल्दै चार चौकार २ छक्का मद्दतमा ३३ रन बनाए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ३.३ ओभरमै ५१ रनको साझेदारी गरेका थिए । भुर्तेल आउट भएपछि आसिफले अर्का कुशल (मल्ल) साग मिलेर नेपाललाई जित दिलाए । कुशल मल्लले अविजित १२ रन बनाए । १३ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे ।

लेग स्पीनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी (पीएनजी) ३२ ओभर खेल्दै ९५ रनमै अलआउट भएको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend