logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सर्वाधिक छिटो विकेट लिने विश्व कीर्तिमान रच्दै सन्दीप, दुई विकेटको दूरी

    सर्वाधिक छिटो विकेट लिने विश्व कीर्तिमान रच्दै सन्दीप, दुई विकेटको दूरी

    2.8K
    Shares
    सर्वाधिक छिटो विकेट लिने विश्व कीर्तिमान रच्दै सन्दीप, दुई विकेटको दूरी

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान कायम गर्न केवल दुई विकेट टाढा छन् ।

    सन्दीपले आगामी तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा केवल दुई विकेट हात पारे एकदिवसीयमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान कायम गर्नेछन् ।

    सन्दीपले ४० खेलमै ९८ विकेट पूरा गरे । अफगानिस्तानका रासिद खानले ४४ खेलमा १०० विकेट लिँदै विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

    यता अस्ट्रेलियाका मिचेल स्टार्क भने सर्वाधिक छिटो १०० विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन् । स्टार्कको नाममा ५२ खेलमा १०० विकेट बनाएको रेकर्ड छ।

    सन्दीप भने कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध ५ विकेट हात पारेपछि उनी विश्व कीर्तिमानको नजिक पुगेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend