logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

    1.4K
    Shares
    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
    राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथग्रहण गरेका हुन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराए । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

    सो अवसरमा राष्ट्रपति पौडेललाइृ नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । साथै नेपाली सेनाको एक टुकडीले निःवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ । साथै निःवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । आजबाट नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रुपमा काम गर्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend