logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आइएमई पे वालेटमा रिया मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

    आइएमई पे वालेटमा रिया मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

    1.6K
    Shares
    आइएमई पे वालेटमा रिया मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

    काठमाडौँ । रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याककोअफर सार्वजनिक गरिएको छ । विदेशमा रहेका लाखौँ नेपालीहरूका लागि रियाको अनलाईन प्लेटफर्मबाट पैसा पठाउँदा रू. ५० सम्मको क्यासब्याक दिने सुविधा छ ।

    उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्स्फरको अनलाईन पोर्टलमा गइ आइएमई पेमा सिधैर तुरुन्तैपैसा पठाउन मिल्ने गरी व्यवस्था मिलाइएको छ ।

    आइएमई पेको बारेमाः
    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

    आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend