logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सत्ता गठबन्धन १० टाउके रावण हो, यसले बिध्वंस मच्चाउँछ : केपी ओली

    सत्ता गठबन्धन १० टाउके रावण हो, यसले बिध्वंस मच्चाउँछ : केपी ओली

    1.8K
    Shares
    सत्ता गठबन्धन १० टाउके रावण हो, यसले बिध्वंस मच्चाउँछ : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमा गठबन्धनलाई रावणको संज्ञा दिएका छन् । मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका हुन् ।

    उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रुपमा चित्रित गरे । उनले १० दलिय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर बिध्वंस मचिने दाबी गरे । उनले सत्ता गठबन्धनप्रति इंगित गर्दै उहाँले अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरु चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भएपनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको बताए ।

    उनले भने, ‘अहिले एउटा षड्यन्त्र के हुन खोजेको छ भने संविधानको अक्षरमा अस्पष्टता होला, लेखाइमा स्पष्टता नहुनेगरी रहेको हुनसक्छ, सभामुख वा उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति मध्ये एउटा महिला हुनुपर्छ, संविधानको भावना त्यही हो । यसको अपव्याख्या गर्ने ठाउँ हुनसक्छ तर त्यसको अपव्याख्या नगरी संविधानको कार्यान्वयन गर्नुपर्छ । अहिले १० दलीय गठबन्धनका नेताहरु संविधानको त्यो मर्मलाई मिच्न, महिला उत्थानलाई रोक्न, महिलाको अधिकार खोस्न, निर्वाचन आयोग त प्रयोग गरिसके अरु संस्था पनि प्रयोग गर्न सक्छन् । संविधानको मर्मको व्याख्या यो प्रश्न वास्तवमा सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्नुपर्ने संविधानको व्याख्या सम्बन्धी प्रश्न हो यो । त्यस लेखाइको अर्थ के हो, मर्म के हो, भावना के हो ? सिंगो हाम्रो संविधानको दिशा निर्देश के हो ? तदनुसार व्याख्या गरिनुपर्ने हो, तर त्यो देखिँदैन । १० दलिय गठबन्धनका जब १० टाउको एक ठाउँ हुन्छ त्यो भयंकर विदु्रप हुन्छ । १० वटा टाउको एकै ठाउँमा रावणको थियो, १० वटा टाउको एकै ठाउँमा भएपछि त रावण हुन्छ । १० टाउके रावण, अहिलेको रावण पनि फेरि महिलाका हक अधिकार हरण गर्न लागेको देखिन्छ । स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरु चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिए, मर्मविपरित हरण गरिए, संविधान र कानूनको । यसपटक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य रुपमा पर्ने संवैधानिक व्यवस्था, संविधानले विभेदकारी रुपमा चल्नुपर्छ भन्दैन , पहिलो पटक संविधान नबन्दा पुरुष दुवैजना भए ,त्यसैलाई ध्यानमा राखेर हामीले महिलाको चर्चा गरेको हो ।’

    अध्यक्ष ओलीले नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारमा उठाएको उम्मेदवार पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना प्रवल रहेको बताए । उनले १० दलीय गठबन्धनले पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति हुनैपर्ने संविधानको मर्ममाथि प्रहार गरेको आरोप लगाए । उनले निार्वचन आयोगलाई समेत गठबन्धनले उपराष्ट्रपति पदमा महिला हुनु नपर्ने भन्न प्रयोग गरेको आरोप लगाउँदै अझै अन्य संस्थाहरु पनि प्रयोग गर्नसक्ने बताए । उनले जित्ने आधारहरु रहेपनि बोल्नु वाञ्छनीय नहुने बताए । उनले गठबन्धनभित्र धेरै प्रकारका समस्या रहेको तर एमालेभित्र कुनै समस्या नरहेको जिकिर गरे । उनले अहिले राष्ट्रिय राजनीतिमा अरु सबै दल एकतिर र एमाले एक्लै एकतिर भइरहेको भएपनि त्यसलाई नराम्रो मान्नु नपर्ने बताए । उनले बहुदलीय व्यवस्थामा १० थरी १० तिर हुनुभन्दा १० थरी एकै ध्रुवमा समाहित हुन राम्रो रहेको बताए ।

    उनले भने, ‘कमरेड अष्टलक्ष्मी शाक्यलाई पार्टीले उपराष्ट्रपतिको उम्मेदवारका रुपमा निर्णय गरेको छ र प्रश्तुत गरेको छ । ३ गते मतदान हुँदैछ । हामीले जित्ने सम्भावना छ । केही कारणहरु छन् । सबै कारणको चर्चा गर्नु वाञ्छनिय हुँदैन, भत्किन्छ, बिग्रिन्छ । सम्भावनाको अन्तिम बेलासम्म खोजि गर्ने हो । जित्ने सम्भावना छ । उनीहरुभित्र अनेक प्रकारका समस्याहरु छन्, हामीभित्र कुनै प्रकारको समस्या छैन । हामी एउटा गठबन्धन, विपक्षीसँग चुनाव लडिरहेका छौँ । राष्ट्रिय राजनीति हामी एकातिर अरु एकातिर भइरहेका छौँ । यसलाई हामीले नराम्रो मान्नुपर्दैन, बहुदलीय व्यवस्थामा १० जना १० तिर जानुभन्दा १० थरी एउटा ध्रुवको रुपमा गएका छन् राम्रो छ ।’

    अध्यक्ष ओलीले १० दलका नेताहरुको मानसिकता डरलाग्दो रहेको बताए । उनले १० दलीय गठबन्धनलाई प्रतिगामी शक्तिको संज्ञा दिए । उनले अहिलेको गठबन्धन अघि जाने नभइ पछि सर्ने काम गरिरहेको बताए । उनले यसअघि संवैधानिक मुख्य पदहरुमा एक महिला र एक पुरुष हुनुपर्ने अभ्यास गरिसकेको र संविधानले पनि सोही कुरा उल्लेख गरेपनि प्रतिगामी शक्तिका कारण संविधानतः उपराष्ट्रपतिका लागि काम हुन नसकेको जिकिर गरे । अध्यक्ष ओलीले देशको पहिलो र दोस्रो सम्मानित पदमा एक महिला र पुरुष हुनुपर्ने कुरा उचित रहेको बताए । उनले आन्दोलनको उचाईलाई पार्टीले तल खस्न नदिने दाबी गरे । उनले दक्षिणपन्थी गठबन्धनले दक्षिणपन्थताको पनि अनुदार विचार र व्यवहारतिर देशलाई धकेल्न खोजेको आरोप लगाए ।

    उनले भने, ‘१० दलका गठबन्धनका नेताहरुको जुन खालको मानसिकता पाइरहेको छ त्यो डरलाग्दो छ । वास्तवमा यो प्रतिगामी छ, प्रतिगामी भनेको पछाडि सर्ने होइन र ? यसअघि हामीले अभ्यास गरिसकेका छौँ, एक महिला एक पुरुषको अभ्यास भइसक्यो त्यो सर्वोच्च पदमा । देशको पहिलो र दोस्रो सम्मानित पदमा एक महिला र पुरुष हुनुपर्छ । यो बिल्कुल ठिक हो । समाजमा महिला र पुरुष छन्, सर्वोच्च ठाउँमा एउटा महिला र एउटा पुरुष किन नहुने ? हामी यसमा अनुदार छैनौँ । हामीले हाम्रो आन्दोलनलाई जुन उचाई दिलाइसकेका हौँ, त्यो उचाईबाट तल खस्न दिनुहुँदैन । पछाडि फर्किन दिनु हुँदैन, जुन कुरा बिस्तारै दक्षिणपन्थी गठबन्धन जुन छ त्यसले दक्षिणपन्थताको पनि अनुदार विचार र व्यवहारतिर देशलाई धकेल्न खोजेको छ ।’

    अध्यक्ष ओलीले सामान्य रुपमा नेकपा एमालेको शक्ति कमजोर भएपनि उपराष्ट्रपतिमा एमालेबाट उम्मेदवार शाक्यले नै जित्नुपर्ने बताए । उम्मेदवार शाक्य पराजित हुनु भनेको अहिलेसम्म महिलाहरुकले पाएका उपलब्धि र सामाजिक न्याय तथा समानताको आन्दोलनबाट प्राप्त उचाईलाई पछाडि फर्काउनु रहेको बताए । उपराष्ट्रपतिमा शाक्यलाई जिताउन लाग्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend