logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अफगानिस्तानको सैन्य सामर्थ्य एक लाख पचास हजार

    अफगानिस्तानको सैन्य सामर्थ्य एक लाख पचास हजार

    1.8K
    Shares
    अफगानिस्तानको सैन्य सामर्थ्य एक लाख पचास हजार

    एजेन्सी । अफगानिस्तान सेनाको सङ्ख्या एक लाख पचास हजार पुगेको छ । स्थानीय टिभी च्यानल टोलोन्युजले बुधबार रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावराज्मीलाई उद्धृत गर्दै जनाएअनुसार देशमा एक लाख ५० हजार जनाको व्यावसायिक एवम् सुदृढ फौज बनाइएको छ ।

    प्रवक्ता खावराज्मीले एक लाख ५० हजारको सबल फौज राष्ट्रको सुरक्षा सुनिश्चित गर्न तथा सीमा रक्षा गर्न सक्षम रहेको बताएका छन् । विगतको शासनकालका कर्मचारी पनि राष्ट्रिय सेनाको दर्जामा रहेका उनले बताए । प्रवक्ता खावराज्मीका अनुसार अफगानिस्तानको कामचलाउ सरकारले आफ्ना सबै सुरक्षा संयन्त्रहरू आफ्नै स्रोतसाधनले निर्माण गरेको छ ।

    सन् २०२१ को अगस्टको अन्त्यमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्ता भएपछि अमेरिका–समर्थित प्रशासनको पतनसँगै सेना र प्रहरीसहितको पूर्व शासनको तीन लाख ५० हजार कर्मचारी रहेको सुरक्षा बल छिन्नभिन्न भएको थियो ।

    तालिबान सत्तामा आएपछि तुलनात्मक रूपमा हिंसात्मक घटनामा कमी आएको छ । इस्लामिक स्टेट, नेशनल रेसिस्टेन्स फ्रन्ट र पूर्वसरकारसँग सम्बद्ध समूहले काम चलाउ सरकारलाई सुरक्षा चुनौती थपेका छन् ।

    तालिबानका अमानवीय गतिविधिका कारण त्यहाँका महिला पीडित भएका छन् । विश्वविद्यालयमा पढ्न जान नपाउने, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय गैरसरकारी सङ्घसंस्थामा काम गर्न उनीहरूमाथि प्रतिबन्ध लगाइएको छ । तालिवानका यस्ता अव्यावहारिक आदेशले अफगान महिलालाई मात्र नभइ अन्तरराष्ट्रिय समुदायलाई पनि चिन्तित तुल्याएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend