logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मालावी : आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २२५ पुग्यो

    मालावी : आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २२५ पुग्यो

    2.3K
    Shares
    मालावी : आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २२५ पुग्यो

    एजेन्सी । दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या बुधबारसम्म २२५ पुगेको छ । विपद् ब्यावस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले बुधबार गरेको पछिल्लो अपडेटमा ७०७ जना घाइते भएको र ४१ जना हराइरहेको जानकारी दिएका छन् ।

    प्रभावित क्षेत्रहरूमा मालावीको दक्षिणी क्षेत्रका ब्लान्टायर सिटी, ब्लान्टायर जिल्ला, सिक्वावा, चिराडजुलु, मचिङ्गा, मुलान्जे, नेनो, सान्जे, फलोम्बे, थियोलोलो, जोम्बा सिटी र जोम्बा गरी १२ जिल्ला र शहरहरू समावेश छन् ।

    पछिल्लो अद्यावधिकअनुसार फ्रेडी चक्रवातले कम्तीमा १९ हजार ६७६ घरधुरीका करिब ८८ हजार ३ सय १२ जना विस्थापित भएका बताइएको छ ।

    मलावीको सुरक्षाकर्मी तथा उद्धार सेवामा कार्यरत जनशक्तिले मलावी रेडक्रस सोसाइटी र समुदायहरूको नेतृत्वमा खोजी र उद्धार कार्य जारी राखेको छ ।

    डीओडीएमएले परराष्ट्र मन्त्रालयमार्फत् विदेशी नियोग, सरकार र अन्तर्राष्ट्रिय संस्थासँग सहयोगका लागि सम्पर्क गरिरहेको जनाएको छ ।

    यसैबीच, मलावीका राष्ट्रपति लाजरस चाक्वेराले बुधबार प्रभावित क्षेत्र र समुदायको भ्रमण गरी स्थितिको समीक्षा गर्ने कार्यक्रम रहेको छ ।

    देशको मौसम विभागले मलावीमा स्थानीय स्तरमा वर्षा र आँधीबेहरी जारी रहने बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend