काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले दोस्रो ओभरको दोस्रो बलमा विकेट गुमाएको हो ।
नेपालका कुशल मल्ललाई जुनैद सिधीगिले ५ रनमा क्याच आउट गराए ।
यसअघि नेपालले पहिलो ओभरको दोस्रो बलमा विकेट गुमाएको हो । नेपालका आसिफ शेख आयन खानको बलमा स्टम्पिङ आउट भएका हुन् ।