मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको भाउ तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ।

आज शुक्रबार प्रतितोला छापाववाल सुन १ लाख ७ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यो हिसाबले यो साता सुनको भाउ तोलमा ५ हजार ३०० रुपैयाँले बढेको छ।

आज पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। हिजो बिहीबार प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यो चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले उकालो लागेको छ। गत शुक्रबार तोलको १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदीको आज शुक्रबार १ हजार ३१० रुपैयाँ कायम भएको छ।

आज पनि चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ। हिजो बिहीबार चाँदी तोलको १ हजार ३०५ रुपयाँमा कारोबार भएको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend