logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रभु बैंक र सी.जी. मोटर्सबिच सी.जी इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

    प्रभु बैंक र सी.जी. मोटर्सबिच सी.जी इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

    1.6K
    Shares
    प्रभु बैंक र सी.जी. मोटर्सबिच सी.जी इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

     

    काठमाडौं । प्रभु बैंक लिमिटेड र सी.जी मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सी.जी मोटर्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    प्रभु बैंक र सी.जी मोटर्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार सी.जी मोटर्स प्रा.लि.बाट ग्राहक महानुभावहरुलाई सी.जी मोटर्सले आयात गरेको नेटा भी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

    हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend