बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

एनएमबि बैंकद्वारा ११.९९ प्रतिशत स्थिर ब्याजदरसहितको घर कर्जा घोषणा

एनएमबि बैंकद्वारा ११.९९ प्रतिशत स्थिर ब्याजदरसहितको घर कर्जा घोषणा

काठमाडौँ । एनएमबि बैंकले १५ वर्षका लागि ११.९९% स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ । यो नयाँ कर्जा योजनाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्‍याउने बैंकले जनाएको छ ।

सो योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याज दर सुरक्षित गर्न मद्दत पुर्‍याउने बैंकले विश्वास राखेको छ ।

“घरमा लगानी गर्नु एक व्यक्ति र परिवारको लागि ठूलो लगानी हो, र हामीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरता को महत्त्व बुझ्दछौं,“ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend