logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्यो : अध्यक्ष यादव

    रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्यो : अध्यक्ष यादव

    1.6K
    Shares
    रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्यो : अध्यक्ष यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्ने बताएका छन् । शुक्रवार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतिकको रुपमा रहेको बताए ।

    उनले यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरुका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्ने बताए । उनले नवनिर्वाचित उपराष्ट्रपतिको विजय सबैको विजय भएको प्रतिक्रिया दिए ।

    उनले भने– ‘अब के हो भन्दाखेरी एउटा इमान्दारिता र स्वच्छ छविको प्रतिकको रुपमा उहाँ हुनुहुन्थ्यो । र उहाँको यो विजयले स्वच्छ राजनीति र स्वच्छ छविलाई, अर्को व्यक्तित्वलाई प्रोत्साहन दिनेछ भविष्यमा । र उहाँको यो विजय सबैको विजय हो ।’

    त्यसैगरी सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति रामसहायप्रसाद यादवको विजयलाई स्वभाविक रुपमा लिनुपर्ने प्रतिक्रिया दिए । उनले यादवको विजयमा गठबन्धन दलहरु खुशी भएको बताए ।

    उनले भने– ‘अब यो लोकतान्त्रिक प्रक्रियामा लोकतान्त्रिक प्रतिष्पर्धा र स्वभाविक रुपमा अरु उम्मेदवारहरु भन्दा उहाँले धेरै भोट ल्याउनुभयो । विजय प्राप्त गर्नुभयो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । र हामी विशेषगरी उहाँलाई समर्थन गरेर जिताउने दलहरु हामी खुशी छौँ । हामी उहाँलाई नेपाली कांँग्रेस पार्टीको तर्फबाट निर्वाचित उपराष्ट्रपतिजीलाई धेरै धेरै बधाई दिन चाहन्छौँ । उहाँको कार्यकाल पूर्ण रुपमा सफल होस् । शुभकामना दिन चाहन्छु ।’

    उनले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई नेपाली काँग्रेस पार्टीको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend