मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

ए डिभिजन लिगको खेलमा क्रिकेट टिमलाई सम्मान गरिंदै

ए डिभिजन लिगको खेलमा क्रिकेट टिमलाई सम्मान गरिंदै

काठमाडौं । नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्‍याउने नेपाली क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरिने भएको छ । शहीद स्मारक ए डिभिजन लिग अन्तरगत शनिबार साँझ ५ः३० बजे हुने सशस्त्र प्रहरी र मनाङ मर्स्याङ्दी क्लबबीच खेलका क्रममा क्रिकेट टिमलाई सम्मान गर्न लागिएको हो ।

खेलमा टिकटबाट प्राप्त हुने रकम क्रिकेट संघको खेलाडी कल्याण कोषमा हस्तान्तरण गरिनेछ ।

बिहीबार मात्र त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रन (डीएल मेथड) ले हराउँदै नेपालले विश्वकप छनोटमा स्थान बनाएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend