logo

२०८१ माघ १३ आइतबार

logo
  • आइतबार, १३ माघ २०८१
  • जनयुद्धमा ज्यान गुमाएका सहिदहरूलाई राष्ट्रिय मान्यता, राजपत्रमा नामावाली प्रकाशित

    जनयुद्धमा ज्यान गुमाएका सहिदहरूलाई राष्ट्रिय मान्यता, राजपत्रमा नामावाली प्रकाशित

    1.1K
    Shares
    जनयुद्धमा ज्यान गुमाएका सहिदहरूलाई राष्ट्रिय मान्यता, राजपत्रमा नामावाली प्रकाशित

    काठमाडौँ । तत्कालीन भूमिगत नेकपा माओवादीद्वारा गरिएको झण्डै एक दशक लामो सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको नामावाली राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा प्रकाशित भएसँगै माओवादी सशस्त्र युद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन् ।

    गत १५ फागुनमा मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको थियो । क्याबिनेटको निर्देशनअनुसार गृह मन्त्रालयले ७७ वटै जिल्लाबाट सहिदहरूको अभिलेख झिकाएको थियो । त्यसैका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ ।

    माओवादी सशस्त्र युद्धका क्रममा सहादत प्राप्त गरेकाहरूलाई सहिद घोषणा गर्नुपर्ने माग हुँदै आएको थियो । राष्ट्रिय सहिदका परिवारहरूले क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend