काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार कुमारी घर जाने भएका छन् । शनिबार अपराह्न चार बजे राष्ट्रपति पौडेल कुमारी घर पुग्नेछन् ।
राष्ट्रपतिको सचिवालय अनुसार राष्ट्रपति पौडेलको सवारी सामान्य रहने र सवारी साधनको आवागमन रोकिने छैन ।
यसअघि राष्ट्रपतिको सवारीमा ट्राफिक आवागमन रोकिँदै आलोचना हुने गरेको थियो ।