सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

इक्वेडरमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

इक्वेडरमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

एजेन्सी । इक्वेडरको दक्षिण तटीय क्षेत्रमा गएको भूकम्पका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

६‍.७ म्याग्निच्युडको भूकम्पपछि धेरै शहरहरूमा भवनहरू क्षतिग्रस्त भएका बीबीसीले उल्लेख गरेको छ ।

भूकम्पको धक्का उत्तरी पेरुमा समेत महसुस गरिएको थियो। भूकम्पबाट दक्षिणी प्रान्त एल ओरो सबैभन्दा नराम्रोसँग प्रभावित भएको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो शहरभन्दा ८० किलोमिटर टाढा बलाओ भन्ने स्थान नजिकै रहेको विवरण आएका छन् । उक्त शहरमा झन्डै ३० लाख मानिसको बसोबास छ ।

सन् २०१६ यता इक्वेडरमा आएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । २०१६ को भूकम्पमा परी कम्तीमा ७ सय मानिसको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend