मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा सडक दुर्घटनामा सत्र जनाको मृत्यु

बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा सडक दुर्घटनामा सत्र जनाको मृत्यु

एजेन्सी । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक एउटा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् । द्रुत गतिकमा हुँइकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ ।

थोत्रा सवारी साधन, नियमित मर्मतसम्भार नभएका सडक एवम् सवारी साधनका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् । गत सडक दुर्घटनामा परी नौ हजार नौ सय ५१ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend