बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मन्त्री छान्न यस्तो छ कांग्रेसको मापदण्ड

मन्त्री छान्न यस्तो छ कांग्रेसको मापदण्ड

काठमाडौं । नेपाली काँग्रेसले सरकारमा मन्त्री पठाउँदा मापदण्डको आधारमा पठाउने भएको छ ।

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारमा मन्त्री पठाउँदा निश्चित मापदण्डका आधारमा पठाइने बताए । जसमा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने निर्णय भएको प्रवक्ता महतले जानकारी दिए।

उनले संविधानको रक्षा, संवद्र्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित काँग्रेस सरकारमा जाने निर्णय भएको बताए ।

आइतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो । बैठकमा कांग्रेस आजदेखि सत्तापक्षको कुर्सीमा बस्ने निर्णय समेत भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend