काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतबार केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको हो । यद्यपी सरकारमा सहभागी हुनेबारे भने रास्वपाले केही निर्णय गरेको छैन ।
पार्टीका महामन्त्री डा. मुकुल ढकालले यसअघि प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको तर सरकारमा सहभागी हुनेबारे पछि निर्णय गरिने बताए ।