logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ‘रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग’

    ‘रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग’

    1.2K
    Shares
    ‘रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग’

     

    काठमाडौं । नेकपा (एमाले)ले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौति गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

    आईतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले नेपाली किसानहरुको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए । महासचिव पोखरेलले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटीरहेका बेला नेपालमा किन वृद्धि गर्नु पर्‍यो भनि सरकारलाई प्रश्न समेत गरे । उनले आफ्नो पार्टी नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि सरकारलाई दवाव दिए ।

    महासचिव पोखरेलले भने, ‘अन्तराष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेलामा अहिलेको सरकारले जसरी मूल्य वृद्धि गर्ने काम गरेको छ । यो अत्यन्तै अनुचित छ । जबकी हाम्रो पार्टी सरकारमा रहेका बेला अर्थ मन्त्रालयको तर्फबाट रासायनिक मल आयातका लागि राज्यका तर्फबाट अनुदान वृद्धि गर्ने कुरा पनि भएको थियो । आर्थिक संकटका बेला पनि अर्थ मन्त्रालयले रासायनिक मल आयात गर्नका लागि पर्याप्त मात्रामा उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तो अवस्थामा यो सरकारलाई के बाध्यता आईलाग्यो ? जसले चाँही किसानलाई एक प्रकारले भन्ने हो भने कृषि क्षेत्रबाट विस्थापित गर्ने योजना अन्तरगत रासायनिक मलको अस्वभाविक मूल्य वृद्धि गर्ने खालको काम गर्‍यो । त्यो सर्वथा अनुचित छ । हामीले नेपालको आर्थिक विकासको सन्दर्भमा कृषि क्षेत्रलाई राज्यको तर्फबाट विशेष ध्यान दिन जरुरी छ । अन्य क्षेत्रका अनुदानहरु कटौति गरेर भएपनि कृषि क्षेत्रको अनुदान वृद्धि गर्न आवश्यक छ ।

    किनकी नेपालमा हामी भविष्यमा आर्थिक विकासको आधारको रुपमा पर्यटन उद्योगको परिकल्पना गरिरहेका छौं भने पर्यटन उद्योगका लागि स्वस्थकर खानेकुरा, ताजा खानेकुरा मुलुक भित्रै उत्पादन हुने कुरा चाँही आवश्यक पर्ने गर्दछ । त्यसका लागि किसानहरु चाँही दुरुत्साहित भए भने स्वभागिक रुपमा आयातमा निर्भर हुनुपर्ने र आयातित बस्तुहरुको आधारमा पर्यटन उद्योग अगाडि बढाउने कुरा कठिन हुन पुग्छ । त्यो हिसावले पर्यटन उद्योगसँग जोडेर भएपनि नेपाली किसानहरुलाई प्रोत्साहित गर्नुपर्ने खाँचो रहेका बेला सरकारले जुन प्रकारको नीति अवलम्बन गरेको छ । त्यो सर्वथा गलत छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आईसकेपछि नेकपा एमालेको नेतृत्वमा रहेको कृषि मन्त्रालयले विदेशबाट आयात हुने कृषिजन्य पैदावारहरुमा विषादी परिक्षण गर्ने जुन प्रस्ताव मन्त्रीपरिषद समक्ष प्रस्तुत गरेको थियो । त्यो प्रस्ताव समेत रोक्ने काम गर्‍यो ।

    वास्तवमा भन्ने हो भने यो सरकार कस्तो छ भन्ने कुरा चाँही विषादी परिक्षणको योजना पनि रोक्ने, रासायनिक मलको अनुदान कटौति गर्ने, मूल्य वृद्धि गर्ने यस प्रकारको काम र क्रियाकलापहरुले स्वभाविक रुपमा नेपालको कृषि क्षेत्रलाई कमजोर पार्ने खालको काम गर्छ । सरकारले किसानमारा यस प्रकारको नीतिहरु र निर्णयहरु अविलम्ब फिर्ता लिनु पर्दछ । र, नेपाली किसानहरुको संरक्षणको लागि नेपालको कृषि क्षेत्रलाई प्रोत्साहित गर्नका लागि स्वभाविक रुपमा सरकारले अनुदानमा वृद्धि गर्नु पर्दछ । र, नेपाल भित्रै अविलम्ब रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया पनि अगाडि बढाउनु पर्दछ । र वन क्षेत्र प्रशस्त भएकाले प्राङगारिक मल मल उत्पादन गर्न सक्छौं । त्यो चिजलाई सरकारको तर्फबाट विशेष ढंगले प्रोत्साहन गर्ने र किसानहरुले उत्पादन गरेका सो मलको बजारीकरणका लागि आवश्यक व्यवस्था मिलाउनु पर्दछ ।’

    महासचिव पोखरेलले नेपालमा वन क्षेत्र प्रशस्त भएकाले प्राङगारिक मलको उत्पादनका लागि किसानलाई प्रोत्साहन गर्न र त्यसका लागि आवश्यक बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । कृषि क्षेत्रको विकासका लागि लागि पूँजी र प्रविधिको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend