बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

प्रदेशको नामकरणविरुद्धको प्रदर्शनमा झडप, विराटनगर तनावग्रस्त

प्रदेशको नामकरणविरुद्धको प्रदर्शनमा झडप, विराटनगर तनावग्रस्त

मोरङ । कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन अनियन्त्रित बन्दै गएपछि सशस्त्र प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ ।

प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएपछि सुरक्षाकर्मीहरूले दर्जनौं सेल अश्रुग्याससमेत प्रहार गरेका छन् ।

प्रदर्शनकारीहरुले नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

प्रदेशको नामाकरणको विषयमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend