logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयहरु

    यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयहरु

    1.3K
    Shares
    यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयहरु

    काठमाठौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बसेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो ।

    बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयार्थ प्रस्तावहरु प्रस्तुत गरेका थिए ।

    यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयहरुः

    १. चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति पदको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई कार्यकाल सफलताको कामना सहित यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ ।

    २. एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणमा नेपाललाई पुर्‍याउन ऐतिहासिक सफलता हासिल गर्न सफल खेलाडीहरु, नेपाल क्रिकेट संघ र समस्त नेपालीमा यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ । यो विजयलाई दिगो बनाउँदै आगामी दिनमा नेपाली क्रिकेटको अझ स्तरोन्नतिका लागि बिशेष कार्ययोजना निर्माण गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउने निर्णय गर्दछ ।

    ३. संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको समुन्नतिका लागि सहकार्यको संकल्प सहित गत निर्वाचनमा नेपाली जनता समक्ष गरेको वचनवद्धता अनुरुप नेपाली कांग्रेस सहितका राजनीतिक दलहरु बीचको आपसी एकता र समझदारीलाई अझ सुदृढ गर्नु आवश्यक छ । हालै सम्पन्न संघीय गणतन्त्र नेपालको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले प्राप्त गरेको विश्वासप्रति सबैलाई आभार प्रकट गर्दै यो बैठक गठबन्धन दलहरू बिचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा नेपालको संविधानको धारा ७६(२) बमोजिम गठित श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेकोे वर्तमान सरकारलाई नेपाली कांग्रेसको विधानको धारा २२ (११) बमोजिम समर्थन गर्ने र २०७९ चैत्र ६ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राख्नु हुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नका लागि पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गर्दछ ।

    ४. संसदको सबैभन्दा ठूलो दलका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुने निर्णय यो बैठक गर्दछ । संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिँदै मुलुकको चौतर्फी विकास मार्फत मुलुकको समुन्नति हासिल गर्ने साझा कार्यभारप्रति यो बैठक दृढ प्रतिबद्धता व्यक्त गर्दछ ।

    ५. नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय यो बैठक गर्दछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend