logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • शतप्रतिशत सांसदहरुले विश्वासको मत दिने आशा छ : प्रधानमन्त्री दाहाल

    शतप्रतिशत सांसदहरुले विश्वासको मत दिने आशा छ : प्रधानमन्त्री दाहाल

    1.4K
    Shares
    शतप्रतिशत सांसदहरुले विश्वासको मत दिने आशा छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।

    आईतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमवार (भोलि) सय प्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् ।

    उनले पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै उहाँले सोमवार सय प्रतिशत पुग्ने आशा व्यक्त गरे । उनले भने – ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

    प्रधानमन्त्री दाहालले सोमवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । उहाँलाई हालसम्म नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend