logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • नेपालको अर्थतन्त्रप्रति अर्थविद् पोखरेलको यस्तो चेतावनी

    नेपालको अर्थतन्त्रप्रति अर्थविद् पोखरेलको यस्तो चेतावनी

    1.5K
    Shares
    नेपालको अर्थतन्त्रप्रति अर्थविद् पोखरेलको यस्तो चेतावनी

    काठमाडौं । अर्थविद् डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता गरेका छन् ।

    सुनसरीको इनरुवामा सञ्चारकर्मीहरु सँगको कुराकानीमा अर्थविद् डाक्टर पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जाहेर गरेका हुन्।

    उनले विकास खर्चलाई र देशमा तलव खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए । दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उनको बुझाई छ ।

    राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अर्थविद् डाक्टर पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मुल कारण देशको राजनीतिक अस्थिरता रहेको बताए । नेताहरुमा गम्भिरता नै नरहेको र सरकार तथा मन्त्रीहरुमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको दाबी गरे ।

    उनले भने, ‘जब हामीले विकास खर्च कम, चालु खर्च बढाउन थाल्यौँ, हुँदाहुँदा अहिले हामी ठूलो अन्तरमा आइसक्यौँ । हामी यस्तो ट्रेनमा गइसक्यौँ, विकास खर्चलाई त पूरै ऋण लिनुपर्ने अवस्था छ । हाम्रो चालु खर्च तलव, भत्ता, पेन्सनहरु दिनलाई पनि ऋण लिनुपर्ने अवस्थामा हामी पुगेका छौँ ।

    हिजो साँझ सम्मको देशको आर्थिक तथ्यांक हेर्दा यो मुलुक यो आर्थिक वर्षमा करिब २ सय अर्ब घाटामा गइसक्यो । अब कति ऋण लिएर चलाउने हो ।’
    अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानून फेरबदलको खाँचो रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend