logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सरकार बनाउने र भत्काउने खेलले देश समृद्ध बन्दैन : अध्यक्ष केसी

    सरकार बनाउने र भत्काउने खेलले देश समृद्ध बन्दैन : अध्यक्ष केसी

    1.4K
    Shares
    सरकार बनाउने र भत्काउने खेलले देश समृद्ध बन्दैन : अध्यक्ष केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यही प्रणाली चलाउन नै नसक्ने भएको बताए ।

    उनले सरकार संसदको ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु शर्मनाक रहेको बताए । उनले सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने स्पष्ट पारे ।

    उनले भने, ‘२ महिना अघि सबैले विश्वासको मत दिने हुटहुटी थियो । आज फेरि यस्तै छ । यसमा हामीलाई जनताले के भन्ने हुन् ? अचम्म लागेको छ । हाम्रो निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने स्थिति देखिँदैन । सरकार भत्काउने, बनाउने देखिएको छ । अब पनि यही हो । संसदीय प्रणालीलाई स्वीकार गरेका छौँ तर चलाउनै नसक्ने भयौँ । संसदभित्र भएको ठूलो पार्टीले सरकार बनाउनुपर्ने हो की होइन, पहिलोले नसकेपछि दोस्रो पार्टीले बनाउने होइन, तर तेस्रो पार्टीलाई समात्दै हिँड्ने ? जनतालाई के भन्नुहुन्छ ? हाम्रो लडाईं यसपछि यो यसपछि यसको सरकार बनाउने र गिराउने भन्ने खेती भएको छ । यसबाट लोकतन्त्र र गणतन्त्र जोगिन्छ ? जनतालाई आश्वासन दिलाउन सक्नुहुन्छ ? महंगी कस्तो छ ? यतातिर सोच्नुपर्दैन । सत्ता र शक्तिको लागि एकले अर्कोलाई खसाल्ने र आफू राम्रो बन्नेकुराबाट जनतालाई राम्रो हुँदैन । प्रधानमन्त्री पुरानै गठबन्धनमा फर्किएकाले राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ ।’

    अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताए । आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेपनि स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend