बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वस्थ हुन्छन् : सुरेश श्रेष्ठ

स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वस्थ हुन्छन् : सुरेश श्रेष्ठ

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वस्थ हुने बताएका छन् । नेपाल स्वास्थ्यकर्मी युनियनको चौथो भक्तपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मी तन मन र बचनले बलियो भए मात्र नागरिक स्वास्थ्य हुने बताएका हुन् ।

उनले भने, ‘नेपालमा स्वास्थ्यकर्मी आफै आफ्नो हक हितका लागि लड्नु पर्ने बाध्यता रहेको छ, सङ्घ प्रदेश र स्थानीय तहको संरचनाको मारमा स्वास्थ्यकर्मी पनि परेका छन् ।’ अहिलेको अवस्थामा स्वास्थ्यकर्मी आफै खुम्चनु पर्‍यो भने आम नागरिकको अवस्था के हुने यसको विषयमा सोच्नु पर्ने अवस्था आएको उनले बताए ।

उनले हाल सम्म पनि सङ्घीयता कार्यान्वयनको अवस्थामा नपुगेको बताउँदै यसको मार स्वास्थ्य क्षेत्रमा पनि परेको बताए ।

सङ्घीयता कार्यान्वयनको अलमलका कारण स्वास्थ्य, शिक्षा र रोजगारीमा असर परेको छ, अझ कर्मचारीको समस्या त झन् ठुलो छ स्थायी सरकार अर्थात् कर्मचारीको समस्या त समाधान भएको छैन भने कसरी अरूको समस्यामा तीन तहका सरकार पुग्छन् भन्ने नै अन्योल भएको उनले बताए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्यका प्रमुख कृष्ण मिजारले स्वास्थ्य क्षेत्रमा भएको समस्या समाधानमा सबै मिलेर लाग्नु पर्ने बताए ।

अधिवेशनले नयाँ कार्यसमितिको चयन समेत गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend