logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालमा आणविक कानूनको आवश्यकता छ : उपसभामुख राना

    नेपालमा आणविक कानूनको आवश्यकता छ : उपसभामुख राना

    1.2K
    Shares
    नेपालमा आणविक कानूनको आवश्यकता छ : उपसभामुख राना

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताएकी छन् । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताएकी हुन् ।

    उनले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरुले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरुको क्षतिपूर्ति उनीहरुले दिनुपर्ने बताइन् । उनले नेपाल दुई ठूला देशहरुको बीचमा रहेकाले आणविक रुपमा नेपाललाई खतरा रहेको पनि उल्लेख गरिन् । त्यस्तै उनले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरु खेप्नुपरेको बताइन् । उब्जनी नहुने तथा पानीका मुलहरु सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्था समेत आउन थालेको उनले बताइन् ।

    उनले भनिन्– ‘जलवायु परिवर्तनले गर्दा हाम्रो जनजिवनमा अस्तव्यस्त छ । जलवायु परिवर्तनले विश्वव्यापी नै असर पारेको छ । नेपालले झनै धेरै असर खेप्नुपरेको छ । मान्छेहरुले उत्पादन गर्न सकेको छैन । उब्जनी फलिराखेको छैन । भोकभोकै बस्नुपरेको छ । पानीको स्रोतहरु, मूहानहरु बन्द भएर मान्छेहरु बसाइँ सरिरहेका छन् । नेपाल शान्तिको देश हो । हामी शान्ति चाहन्छौँ । हामीलाई आणविक कानूनको आवश्यकता रहेको छ । छिमेकीहरुले आणविक प्रयोग गरेर केही भयो भने तिनीहरुले क्षतिपूर्ति दिनुपर्छ । दुई ठूला देशको बीचमा भएकाले हामीलाई अवश्य पनि खतरा छ । हामीलाई कानूनको आवश्यकता छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend