logo

२०८१ मंसिर १८ मंगलबार

logo
  • मंगलबार, १८ मंसिर २०८१
  • नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिलाई ध्यान दिएर बनाउनुपर्छ : योगेश भट्टराई

    नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिलाई ध्यान दिएर बनाउनुपर्छ : योगेश भट्टराई

    1.1K
    Shares
    नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिलाई ध्यान दिएर बनाउनुपर्छ : योगेश भट्टराई

    काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनुपर्ने बताए । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले पञ्चशिलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका मुख्य अंशहरुलाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेपाल कुनै पनि प्रकारको युद्धमा सहभागि नहुने र कुनैपनि युद्धलाई सहयोग समेत नगर्ने स्पष्ट पारे ।

    उनले भने–‘नेपालको आफ्नो एउटा अन्तर्राष्ट्रिय परराष्ट्र सम्बन्ध र नीतिहरु छन् । र यो आणविक हतियार वा आणविक पदार्थहरुको सन्दर्भमा हामीले नियमहरु बनाउँदा नेपालको परराष्ट्र सम्बन्धका मुख्य अंशहरुलाई ध्यान दिनुपर्छ । हाम्रो पञ्चशिलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति हो । हामीले शान्ति क्षेत्र भनेका छौँ नेपाललाई, हामी कुनैपनि युद्धसँग संलग्न छैनौँ । कुनैपनि युद्धलाई हामी सहयोग गर्दैनौँ ।’

    प्रतिनिधि सभा सदस्य भट्टराईले नेपाल दुई ठूला छिमेकी देशहरु चिन र भारको बीचमा रहेको भन्दै कानून बनाउँदा ठूला देशको बीचमा हुदाँको फाइदा र अफ्ठ्याराहरुका बारेमा पनि विचार गर्नुपर्ने बताए । उनले भूराजनीतिक अवस्थालाई पनि हेर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend