
काठमाडौं । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन्। यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने छ ।
संगसंगै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड द्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिने छ ।
मिडास टेक्नोलोजी द्वारा विकसित मोबाइल एप सन्चालनमा ल्याउदा सन्१९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीहरूलाई दिने सेवाहरूमा थप सुधार हुने छ । मिडास टेक्नोलोजिज प्रा. लि. मिडास टेक्नोलोजीज, आइएमई समूह अन्तर्गतको कम्पनी हो । मिडासले विकास गरेको सूचना प्रविधिमा आधारित स्वास्थ्य सेवा सूचना प्रणाली १७० भन्दा बढी अस्पतालहरूले प्रयोगमा ल्याएका छन्। सूचना प्रविधिको उपयोग बढाएर स्वास्थ्य सेवाको आधुनिकीकरण तथा सुधार गर्न ‘मिडास टेक्नोलोजीज’ अस्पतालहरूका लागि भरपर्दो साझेदार बनेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend