सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

पोखरामा लागूऔषधसहित १ जना पक्राउ

पोखरामा लागूऔषधसहित १ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १३, कुडहरका ३० वर्षीय कृष्ण हमाललाई ६२१ एम्पुल लागू औषधसहित पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उनको साथबाट डाईजापाम २०७ एम्पुल, फेनारगन २०७ एम्पुल र नुफिन २०७ एम्पुल लागु औषध बरामद गरिएको हो ।

उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend