logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफल शुरु

    राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफल शुरु

    1.1K
    Shares
    राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफल शुरु

    काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनबिरुद्धको संकल्प प्रश्तावमा छलफल शुरु भएको छ ।

    बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा संकल्प प्रश्तावमाथि अहिले छलफल जारी छ । सांसद भुवनबहादुर सुनार प्रश्तावक रहेको संकल्प प्रश्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर पार्की, राधेश्याम पाशवान, जगप्रसाद शर्मा, जितेन्द्रनारायण देव, प्रमिला कुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, सवमला घिमिरे, मयााप्रसाद शर्मा, गंगाकुमार बेलवासे रहेका छन् । संकल्प प्रश्तावमा १९ विषयमा सरकारलाई निर्देशन दिन माग गरिएको छ ।

    संकल्प प्रश्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend