logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • उप-निर्वाचन र सरकारमा सहभागिताबारे छलफल गर्न लोसपाको बैठक बस्दै

    उप-निर्वाचन र सरकारमा सहभागिताबारे छलफल गर्न लोसपाको बैठक बस्दै

    1.4K
    Shares
    उप-निर्वाचन र सरकारमा सहभागिताबारे छलफल गर्न लोसपाको बैठक बस्दै

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)को कार्यकारिणी समितिको बैठक बस्दै छ ।

    आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न समितिको बैठक बस्न लागेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले सरकारमा सहभागी हुने नेताको छनौट तथा मुख्यतः बारा–२ मा हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवारी चयन गर्नका लागि बैठक बोलाएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए ।

    लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरे पनि सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार तय गर्ने अवस्थामा के गर्ने ? भन्नेवारेमा पनि बैठकमा छलफल हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend