logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • दोस्रो पटक मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

    दोस्रो पटक मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

    1.9K
    Shares
    दोस्रो पटक मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट उनको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ मत प्राप्त गरेका हुन् ।

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ प्रस्तुत गरेको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा प्रदेशसभाको शुक्रबारको बैठकमा उपस्थित ९१ जना सांसदहरु मध्ये ६७ जना सांसदले हस्ताक्षर गरेका हुन् । उनको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरेका छन् भने ७ जना सांसदहरु तथस्ट बसका थिए ।

    समीकरण परिवर्तन भए राप्रपासहितका सांसदले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend