काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा पदाधिकारीको बैठक सुरु भएको हो ।
उपचुनाव र मन्त्री चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक डाकिएको हो । १० वैशाखमा बारा, तनहुँ र चितवनमा हुन लागेको उपचुनावलाई केन्द्रमा राखेर पदाधिकाकारी बैठक बसेको हो ।
आजको बैठकले ती क्षेत्रमा पार्टीबाट कसलाई उम्मेदवार बनाउने मापदण्डसहितका विषयमा एउटा टुंगो लगाउने बताइएको छ ।
बैठकमा सरकार विस्तारको तयारी र प्रधानमन्त्रीसँग भइरहेको छलफलबारे पनि सभापति देउवाले ब्रिफिङ गर्नेछन् ।