
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम जिल्लाका ग्रामीण क्षेत्रमा छाउपडी प्रथा उन्मूलनमा काम गर्दै आइरहेको योजनालाई सहयोग गरेको छ ।
सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलन रोक्न एक्सन वर्क्स नेपाल (एनजीओ) द्वारा साञ्चालित छाउपडी एन्ड मेन्स्ट्रुअल हेल्थ हाइजिन म्यानेजमेन्ट प्रोजेक्टलाई आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।
छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्ध जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिने छ ।
उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउने तालिम प्रदान गरिने छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend