logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आउनुले संघीयतालाई गिज्यायो -बालेन

    स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आउनुले संघीयतालाई गिज्यायो -बालेन

    1.8K
    Shares
    स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आउनुले संघीयतालाई गिज्यायो -बालेन

    काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले स्थानीय र प्रदेश सरकारबाट मिटरब्याजपीडितहरूले न्याय नपाइ काठमाडौँमा धाउनुले संघीयतामाथि प्रश्न गरेको बताएका छन्।

    बालेनले मिटरब्याजपीडितहरूको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गर्दै यस्तो बताएका हुन्। यस विषयमा संघीय सरकारले अतिशीघ्र चासो दिनुपर्ने उनको भनाइ छ।

    ‘पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ। यो अवस्थामा संघीय सरकारले अतिशीघ्र चासो दिनु पर्ने हो’, उनले फेसबुकमा लेखेका छन्।

    ‘न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषदले दिनु पर्ने हो। पीडितहरूलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो’, उनले लेखेका छन्।

    प्रमुख बालेनले यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभइ न्यायको लागि भएको पनि बताएका छन्।

    ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो। शिविर बनाएर महिनौँ वा वर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन। सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो। यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ’, उनले लेखेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend