logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • हङकङ निर्वाचन: इतिहासकै सर्वाधिक मतदाताले मतदान गर्दै

    हङकङ निर्वाचन: इतिहासकै सर्वाधिक मतदाताले मतदान गर्दै

    2.2K
    Shares

    मंसिर 8 काठमाडौं प्रजातन्त्र समर्थक विरोध समूहहरूले चीनको अर्ध स्वायत्त क्षेत्र हङकङमा मानिसहरूलाई आइतवारको स्थानीय चुनाव नबिथोल्न आग्रह गरेका छन्। पाँच महिना लामो राजनीतिक अस्थिरतापछि हुन लागेको चुनावले बेइजिङस्थित सरकारलाई सन्देश दिने उनीहरूले आशा राखेका छन्।

    अधिकारीहरूले मतदान केन्द्रहरूमा गम्भीर समस्या उत्पन्न भयो भने मतदान स्थगित गर्ने धम्की दिएका छन्। हङकङको जिल्ला परिषद्‍मा ४०० भन्दा बढी पार्षद्हरू चुनिनेछन्। प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषद्‍मा आफ्नो प्रतिनिधित्व बढाउने आशा राखेका छन्। परिषद्ले प्रमुख कार्यकारी चयनमा परम्परागत रूपमा नै प्रभाव राख्दैआएको छ।

    एकजना प्रमुख प्रजातन्त्रवादी नेता जोशुवा वङलाई चुनावमा उठ्न रोक लगाइएको थियो । बेइजिङ समर्थक उम्मेदवारहरूले प्रदर्शनकारी र प्रहरीबीच भइरहेको झडपहरूबाट उत्पन्न आरोह अवरोहप्रति निराशा प्रकट गर्न आफूलाई समर्थन गर्न भनेका छन्।

    स्थानीय समय अनुसार ७:३० बजे मतदान केन्द्र खुलेका छन्। अहिलेसम्मकै सर्वाधिक ४१ लाख मतदाताले मतदानका लागि नाम लेखाएका छन्। हङकङको जनसङ्ख्या ७४ लाख छ। ४५२ जिल्ला परिषद् पदका लागि १००० भन्दा बढी उम्मेदवार छन्। र पहिलोपटक सबै पदहरूमा चुनाव हुँदैछ। ग्रामीण जिल्लाका लागि २७ सीट छुट्ट्याइएको छ। हाल बेइजिङ समर्थकहरूले उक्त निकायको बहुमत सीट ओगटेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend