logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • किसान महासङ्घको कार्यसमितिमा सदस्य थप

    किसान महासङ्घको कार्यसमितिमा सदस्य थप

    917
    Shares
    किसान महासङ्घको कार्यसमितिमा सदस्य थप

    काठमाडौं । नेपाली कांग्रेसले नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेका हुन् ।

    सभापति देउवाले आदर्शविक्रम कार्की (काठमाडौँ), महेन्द्रभक्त अधिकारी (नवलपुर), प्रभात आले (तनहुँ), नम्रता बराल (कास्की), प्रेमबहादुर घले (सुर्खेत), ईश्वर गिरी (काठमाडौँ), जितु उपाध्याय (कैलाली), भवानी कोइराला (सर्लाही) र विश्वराज घिमिरे (पर्सा)लाई सदस्यमा मनोनयन गरेका हुन् ।

    यस्तै, डा धिरेन्द्र साह (महोत्तरी), कालु मेचे (झापा), जनार्दन अर्याल (गोरखा), विवेकानन्द झा (सप्तरी), ऋचा लुइँटेल (बाँके), रमेश रावल (डडेल्धुरा), मनोज थापा (काठमाडौँ) र विश्वनाथ दाहाल (काठमाडौँ) लाई सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend