सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्छ : नेता खनाल

मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्छ : नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।
आज बानेश्वरमा पीडितहरूले आयोजना गरेको धर्ना कार्यक्रममा पुगी नेता खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाएका छन् ।

उनले भने, ‘तपाईँहरूका माग जायज छन् । तपाईंहरूमाथि अन्याय भएको छ । यो अन्याय सच्चिनुपर्छ, सरकारले माग पूरा गर्नुपर्छ ।’

नेता खनालले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने बताउँदै मिटरब्याजीहरूले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताए । यसैगरी उनले जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा हुने धारणा राखे ।

सरकारले माग पूरा गर्ने बचन दिएपछि आन्दोलन स्थगित गर्न समेत नेता खनालले पीडितसँग आग्रह गरेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend