
काठमाडौं । प्रतिनिधि सभा सदस्य मनिष झाले मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न स्थानीय प्रशासनले आवश्यक समन्वय नगरेको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जनप्रतिनिधिहरुले पनि मिटरब्याज पीडितहरुको समस्यालाई नकार्ने गरेका उल्लेख गरे । केही सांसदहरुले पनि साहुकारको संरक्षण गरेको भन्दै साहुकारको संरक्षण नगर्न सांसदहरुलाई चेतावनी दिए ।
उनले भने – ‘स्थानीय प्रशासनले पनि आवश्यक समन्वय गर्दैन । जनप्रतिनिधिहरु त्यसलाई नर्काछ । त्यसमा अल्झिन चाहँदिन भन्छ । यही सदनमा भएका केही सांसदहरुको आफन्तहरु पनि आवद्ध भएकोले गर्दा हाम्रै साथी भाइले पनि साहुकारको संरक्षण गर्छ । पीडकको संरक्षण गर्छ । राज्य त कमजोरको लागि बनेको हो नि । सबलको लागि त राज्य चाहिएकै थिएन । तर किन हामी कमजोरको संरक्षण गर्नुको सट्टा साहुहरुको संरक्षण गर्दैछौँ । गम्भिरतापूर्वक ध्यान आकर्षण गर्न चाहान्छौँ । चेतावनीसहित अनुरोध साहुकारहरुको संरक्षण नगर्नुस् ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend