logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मिटरब्याज आर्थिक अपराधमात्रै नभइ सामाजिक अपराध पनि हो : प्रदीप पौडेल

    मिटरब्याज आर्थिक अपराधमात्रै नभइ सामाजिक अपराध पनि हो : प्रदीप पौडेल

    1.1K
    Shares
    मिटरब्याज आर्थिक अपराधमात्रै नभइ सामाजिक अपराध पनि हो : प्रदीप पौडेल

    काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मिटरब्याज आर्थिक अपराधमात्रै नभइ सामाजिक अपराध पनि भएको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    उनले मिटरब्याजीहरुले कानूनी राज्यको उपहास गरिरहेको भन्दै त्यस्तो क्रियाकलाप स्वीकार्य नहुने बताए ।

    उनले भने– ‘मिटरव्याज आर्थिक अपराध मात्र होइन यो विषय सामाजिक अपराध हो । पहिलो त यो सरासर कानून उल्लंघन गरेर आम विपन्न जनताको अभाव र कानूनी ज्ञानको पहुँचबिहीनतालाई दुरुपयोग गरेर न्युनतम पनि ३ गुणा बढीको तमसुक गराइ किसानलाई उसको भूमिदेखि नै बेदख्खल गर्ने कार्य स्वतः कानूनी राज्यको उपहास हो । यो कुनैपनि न्यायपूर्ण समाजमा स्वीकार्य हुन सक्दैन । मिटरव्याज अन्य दर्जनौँ सामाजिक अपराधको कारण समेत हो । पीडितहरु मिटरव्याज साहुकै योजनामा लागु औषध कारोबार गरेर जेलमा परेका विषय सार्वजनिक भएका छन् । महिलालाई यौन शोषण गरेको सुन्नमा आएको छ ।’

    उनले मिटरब्याज अन्य सामाजिक अपराधको समेत कारण बनेको भन्दै यो समस्यालाई समाधान गर्नुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend