
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रूप दिइने बताएका छन्।
संघीय संसद भवन नयाँ बानेश्वरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै लेखकले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा अध्ययनका लागि सत्ता गठबन्धन दलका नेताहरूलाई दिइएको र आवश्यक परिमार्जनसहित बिहीबारसम्म अन्तिम रूप दिइने बताए।
‘सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा अध्ययनका लागि दिइएको छ। आज अपराह्न ५ बजेभित्र त्यसमा केही परिमार्जन गर्नुपर्ने भए परिमार्जन गर्न सकिन्छ,’ उनले भने, ‘भोलिसम्म यसलाई अन्तिम रूप दिइन्छ।’
उनले मन्त्रिपरिषद बिस्तार छिट्ट हुने पनि बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend