शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

श्रीलङ्काको आर्थिक स्थिति सुध्रिएसँगै इन्धनको मूल्य घट्यो

श्रीलङ्काको आर्थिक स्थिति सुध्रिएसँगै इन्धनको मूल्य घट्यो

एजेन्सी । श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताएका छन् ।

मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर ६० रुपैँया, डिजेलमा ८० रुपैँया र मट्टितेलमा १० रुपैँया कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल ३४०, डिजेल ३२५ र मट्टितेल २९५ रुपैँयामा पाउने छन् ।

अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएका छन्। साथै अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend