logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सर्वसाधारण जनतालाई ऋण उपलब्ध गराउने काम लघुवित्त कम्पनीहरुले नै गर्नुपर्छ : सांसद घिमिरे

    सर्वसाधारण जनतालाई ऋण उपलब्ध गराउने काम लघुवित्त कम्पनीहरुले नै गर्नुपर्छ : सांसद घिमिरे

    1.2K
    Shares
    सर्वसाधारण जनतालाई ऋण उपलब्ध गराउने काम लघुवित्त कम्पनीहरुले नै गर्नुपर्छ : सांसद घिमिरे

    काठमाडौं । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सर्वसाधारण जनतालाई ऋण उपलब्ध गराउने काम लघुवित्त कम्पनीहरुले नै गर्नुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद घिमिरेले सर्वसाधारण जनतासमक्ष ऋण पुर्याउने एकमात्र आधार लघुवित्त कम्पनीहरु भएको भन्दै यसैले सर्वसाधारणहरुलाई ऋण उपलब्ध गराउनुपर्ने धारणा राखेका हुन् ।

    उनले बैंकहरुले लघुवित्त कम्पनीहरुलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने र लघुवित्तले पनि सर्वसाधारणलाई सस्तोमा ऋण उपलब्ध गराउनुपर्ने बताए ।

    उनले भने– ‘गाउँ गाउँसम्म, साधारण जनता समक्ष पैसा पु¥याउनको निमित्त, ऋण पु¥याउनको निमित्त लघुवित्त कम्पनीहरु नै एकमात्र आधार हो भन्नेकुरा दक्षिण एशियामा सावित भइसकेको छ । लघुवित्त कम्पनीहरुलाई सस्तो व्याजदरमा ऋण उपलब्ध गराएर सरकारले अर्थात बैंकहरुले ऋण उपलब्ध गराएर जनतामा सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने काम लघुवित्त कम्पनीहरुलाई नै यसमा अगाडी ल्याउनुपर्छ भन्ने मेरो धारणा छ । र तत्काल कानूनको निर्माण गरी यो काम शुरुवात गरियोस् भन्ने मेरो आग्रह छ ।’

    उनले ठगि धन्दामा संलग्नहरुका लागि छुट्टै कानूनको निर्माण गरेर कानूनी कारबाही गर्नुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend