काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ । जसपाले मन्त्री र मन्त्रालयको विषयमा टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको हो ।
सिंहदवारस्थित संसदीय दलको कार्यालयमा १२ः३० बजे बैठक बोलाएको प्रतिनिधि सभा सदस्य प्रदीप यादवले बताए ।
जसपा नेपालको भागमा दुईटा मन्त्रालय परेको छ तर जसपाले तीनवटा दाबी गरेको छ ।