logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मिटरब्याज पीडित र सरकारी टोलीबीच आज दोस्रो चरणको वार्ता हुँदै

    मिटरब्याज पीडित र सरकारी टोलीबीच आज दोस्रो चरणको वार्ता हुँदै

    1.2K
    Shares

    काठमाडौँ । मिटरब्याज पीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदैछ।

    हिजो साँझ ६ बजे बस्ने भनिएको दोस्रो चरणको वार्ता पीडित पक्षबाट नै आज बिहानलाई सारिएको हो।

    गृह मन्त्रालयमा हिजो दिउँसो भएको पहिलो चरणको वार्तामा डा. भीष्म भुसालको नेतृत्वमा तयार पारिएको प्रतिवेदन अध्ययन गर्न पीडित पक्षलाई दिइएको थियो। प्रतिवेदनमा भएका कानुनी विषय बुझ्न कानुनविद्को परामर्श आवश्यक परेकाले वार्ता पीडित टोलिले आजलाई सारेको हो ।

    हिजोको बैठकमा सरकार र मिटरब्याज पीडितले आ-आफ्नो धारणा राखेका थिए । त्यसक्रममा संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाइएको थियो।

    गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव शर्माको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend