बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मन्त्रीमण्डल विस्तार अघि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

मन्त्रीमण्डल विस्तार अघि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको अहिले भेटवार्ता भइरहेको छ ।

आज केही मन्त्री थपेर क्याबिनेट विस्तार गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् ।

मन्त्रीमण्डल विस्तारपछि आजै शपथ गराउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका हुन् ।

आजै अपरान्ह नयाँ मन्त्रीको शपथ गराउने गरी गृहकार्य भइरहेको बेला प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्शका लागि राष्ट्रपति भेट्न शीतलनिवास पुगेको निकट स्रोतले बताएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend