logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेता–कार्यकर्ता मुलुकको समस्या समाधान गर्न लाग्नुपर्छ : अध्यक्ष नेपाल

    नेता–कार्यकर्ता मुलुकको समस्या समाधान गर्न लाग्नुपर्छ : अध्यक्ष नेपाल

    1.3K
    Shares
    नेता–कार्यकर्ता मुलुकको समस्या समाधान गर्न लाग्नुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएका छन् ।

    सो पार्टीको स्कूल विभाग झापाको आयोजनमा भद्रपुरमा आजदेखि सुरु भएको दुईदिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा अध्यक्ष नेपालले मुलुकको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याए । “देशको समस्याको पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ”, उनले भने, “त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।”

    मुलुकको राजनीतिक कोर्स फेर्न आफूहरूले योगदान गरेको चर्चा गर्दै उनले नेता–कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशनसमेत दिए ।

    पुराना पुस्ताबाट अब युवापुस्ताले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै युवापुस्तालाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । पठन संस्कृतिको विकास गर्दै समाज, देशसँगै अन्तर्राष्ट्रिय कुरा जान्न, बुझ्न कार्यकर्तालाई उनले सुझाव दिए ।

    पार्टीका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन पार्टी अध्यक्ष नेपाल, उपाध्यक्ष झनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडाले प्रशिक्षण दिएका थिए । शनिबार वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यवाहक अध्यक्ष धर्मराज पौडेलले प्रशिक्षण दिने पार्टीका जिल्ला सचिवालय सदस्य तीर्थ सिग्देलले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend